भारतमा कोरोनाबाट मृत्यु भएका ५० प्रतिशत ६० वर्षमाथिका

प्रकाशित मिति:

काठमाडौं, जेठ २१ भारतमा कोरोना भाइरसको संक्रमणसँगै मृतकको संख्या पनि बढिरहेको छ। अहिलेसम्म मृत्यु भएका कोरोना संक्रमितमध्ये ५० प्रतिशत ६० वर्षभन्दा माथिका रहेका छन्।भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म भारतमा दुई लाख सात सय ६ सय १५ जनामा कोरोना देखिएको छ। त्यसमध्ये पाँच हजार आठ सय २९ जनाको मृत्यु भएको छ।अहिलेसम्म मृत्यु भएका संक्रमितमध्ये ५० प्रतिशत ६० वर्षभन्दा माथिका रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा ६० वर्षभन्दा माथिको जनसंख्या १० प्रतिशत रहेको छ।त्यस्तै, भारतमा कोरोनाबाट मृत्यु भएकामध्ये ३८ प्रतिशत ६० देखि ७४ वर्षका रहेका छन्। यो उमेर समूहको जनसंख्या ८ प्रतिशत रहेको छ।यस्तै, मृत्यु भएकामध्ये १२ प्रतिशत ७४ वर्षभन्दा माथिका छन्। यो समूहको जनसंख्या भारतमा दुई प्रतिशत रहेको छ।महामारी फैलिएका अन्य देशभन्दा भारतमा मृत्युदर कम रहेको छ। अहिलेसम्म संक्रमित भएकामध्ये २।८२ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जबकी संसारको कोरोनाबाट मृत्युदर ६।१३ प्रतिशत रहेको छ।

भारतमा संक्रमण भने दिनदिनै बढिरहेको छ। आज मात्रै चार सय २४ जना संक्रमित थपिएका छन्।गत २४ घन्टामा आठ हजार आठ सय २१ जनामा कोरोना देखिएको थियो। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।अहिलेसम्म भारतमा एक लाख तीन सय तीन जना निको भएका छन्। एक लाख एक हजार आठ सय ४३ जनाको उपचार भइरहेको छ भने आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ।