भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रीलाई इन्सेकले प्रतिवेदन बुझायो

प्रकाशित मिति:

रीमा बि.सी. / बुटवल – अर्घाखाँची सन्धिखर्क नपा–१ हल लाइन पुष्पा तरकारी तथा फलफूल स्टोरका थोक तरकारी व्यवसायी किशोर बानियाँले२०७७ जेठ १६ गते कपिलवस्तुबाट ल्याएको तरकारीमा कोरोना सङ्क्रमण हुन सक्ने भन्दैप्रहरीको निगरानीमै जेठ १८ गते तरकारी नष्ट गरिएको घटनाका विषयमा इन्सेकले स्थलगत अनुगमन गरि प्रदेश पाँचका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेललाई जेठ २२ गते इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बि.सीेले स्थलगत अनुगमनको प्रतिवेदन मन्त्री पौडेललाई बुझाउनुभएको हो ।प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यो घटनाको विषयमा संघिय कृषि सहकारी प्राकृतिक श्रोत समितीका सभापति पूर्णा सुवेदीको ध्यान आर्कर्षण भैसकेक र यो संघिय सरकारको क्षेत्राधिकार भित्रको विषयमा भएकोले संघमा यो विषयमा आफुले झकझकाउने काम गरेको बताउनुभयो ।उहाँले कृषकहरुलाई प्रोहत्साहन गर्नुपर्नेमा यस्तो कार्य गरेको प्रति प्रदेश सरकारको ध्यान आर्कषण भएको बताउनुभयो ।यो विषयमा संघिय सरकारले केही गर्ला समितीको गंभिर ध्यान आर्कषण पनि भएको छ ।

तरकारी नष्ट गरिएको सन्दर्भमा कृषि सहकारी तथा प्राकृतिक श्रोत समितीका सभापति पूर्णा सुवेदीले गृहमन्त्री, उद्योग तथा बाणिज्य मन्त्री र कृषिमन्त्रीसँग बैठक बसेर तरकारी नष्ट गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउने विषयमा गंभिर ध्यान आर्कषण भएको बताउनुभयो ।राज्यकै संलग्नतामा किसान तथा तरकारी व्यवसायीलाई निरुत्साहित गर्ने र नागिरकले पेसा व्यवसाय सञ्चालनगर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित हुने गरी यस्ता कार्य गर्नु निन्दनीय भएको अध्ययनको निष्कर्ष रहेको छ ।अहिलेसम्म तरकारीमा कोरोना सङ्क्रमण भएकोकुनै प्रमाण वा त्यसको परीक्षण नै नगरी विज्ञहरूले तरकारी वा फलफूलबाट कोरोना सङ्क्रमण हुने सम्भावनाहुँदैन भनिरहेको अवस्थामा यस्तो कार्यले सम्बन्धित अधिकारीको नियतमाथि नै प्रश्न उठ्नु स्वभाविक हो । यो घटनाकाकारण कपिलवस्तुका किसानहरू निकै चिन्तित रहेका छन् । पीडितहरूले न्यायका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमानिवेदन समेत दिनुभएको छ । राज्यका सम्बन्धित निकायले पीडितलाई न्याय र घटनाका दोषीलाई कारवाहीको दायरामाल्याई कानुनी कारवाही गर्नुपर्छ । लोकतन्त्र, मानव अधिकार र कानुनी शासनको अनुभूति हुनेछ ।