शिक्षामन्त्री ज्यूलाई राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो ? – गगन थापा

प्रकाशित मिति:

काठमाडौं, जेठ २५ नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले शिक्षाका कार्यक्रम संघीयता र संविधान विरोधी कार्यक्रम भएको टिप्पणी गरेका हुन्।उनले शिक्षामन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, ‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो ?

, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोधी छ ’उनले गत वर्ष पाँच अर्ब बजेट भएको यस्तो कार्यक्रमलाई अहिलेको समयमा ६ अरब बजेट छुट्याएको बताए।उनले एक शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रममा एक अर्ब ५० करोडबाट बढाएर दुई अरब २३ करोड रुपैयाँ बजेट दिइएको उल्लेख गरे।