प्रकाश न्यौपाने
जेष्ठ २५
नवलपरासी । पश्चिम नवलपरासीमा कोरोना सक्रमितको संख्यामा आज २ जना वृद्धि भएर २१ जना पुगेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालीका आज साझ थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै पाल्हीनन्दनमा मात्रै कोरोना संक्रमितको सङख्या ११ पुगेको छ ।
पाल्हीनन्दन गाँउपालीका वडा नम्बर १ मा एकै घरका बाबु छोरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । ढकालका संक्रमण हुनेमा ३३ वर्षिय पुरुष र उनकि ७ वर्षिय छोरी रहेकि छन् । उनिहरुको यस अघि गरिएको आरडिटि परिक्षणमा पोजेटिभ देखिएको थियो । त्यसपछि स्वाब संकलन गरि परिक्षणका लागी भैरहवा स्थीत प्रादेशिक प्रयोगशालमा पठाईएको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । बाबु छोरी नै केहि दिन अघि भारत बाट आएका थिए । उनिहरुलाई पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको माथिल्लो तलामा राखिने छ । यसअघि पाल्हीनन्दनमा संक्रमण पुष्टि भएका ९ जनालाई पनि त्यहि राखिएको छ ।












