महाकवि देवकोटाको ११० औ जन्म जयन्तीको प्रवचन तथा रचनावाचन कार्यक्रम सम्पन्न
महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औ जन्म जयन्ती अवसरमा नेपाली साहित्यमा देवकोटाको योगदान बिषयक प्रवचन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । नव जागृति पुस्तकालयको आयोजना तथा लुम्बिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको सहआयोजनामा रहेको कार्यक्रममा बरिष्ठ सहित्यकार जंग बहादुर शाहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सहित्यकार शाहाले महाकवि देवकोटाको नेपाली सहित्यिक संसारमा र नेपाली सहित्यलाई अहिलेको स्थानमा ल्याई पुराउन महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।त्यस्तै, कार्यक्रमा बोल्ने बक्ताहरुले महाकविको सहित्यिक यात्राको योगदानको चर्चा गरेको थिए ।
कार्यक्रममा बहुमुखी क्याम्पसका प्रध्यापक डा बाबुराम ज्ञवाली, हिरण्यलाल ज्ञवाली , संस्थाका बरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडेल क्षेत्र ,उपाध्यक्ष इन्दु देवी श्रेष्ठ ,कोषाध्यक्ष अनुपमान सैंजु लगाएत ले बोल्नुभएको थियो ।










