सिद्धबाबामा जिप दुर्घटना ६ घाइते

प्रकाशित मिति:

प्रकाश न्यौपाने
असार २
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल(पाल्पा सडकखण्डको सिद्धबाबा मन्दिर नजिकै जीप खोलामा खसेको छ । जीपमा सवार ६ जना घाइते भएका छन् । प्र ३०१(२२ च ४५२२ नम्बरको जीप तिनाउ नदीमा खसेको हो । दुर्घटनामा परी घाइते भएकोमा दया पाण्डे, बालकृष्ण बस्याल, शिव पाण्डे, नन्दु बस्याल, कृष्ण बस्याल र विनोद बस्याल छन् । घाइते ६ जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश(५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

घाइतेहरू सबै तिनाउ गाउँपालिकाका टिपर व्यवसायी रहेको बताएको छ । घाइतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरेका थिए । उनीहरू सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ । घटनाबारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।