नेपाली कांग्रेस रुपन्देहीले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको कार्यालय भैरहवामा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली कांग्रेसले हरेक बर्ष दशै तथा तिहारको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्दै २०३३ सालमा प्रवासबाट स्वदेश फर्किएका नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वा्चित प्रधानमन्त्री वीपी कोइरालाले आपसी सद्भाव अभिबृद्धि गर्दै राष्ट्रियतालाई मजबूत पार्नुका साथै राष्ट्र निर्माणमा सरिक हुने अवस्था सिर्जना गर्न भन्दै नेपालीहरुको महान चाड दशै र तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने परम्पराको थालनी गरेको जिल्ला सभापति अब्दुल रज्जाकले बताए ।












