सिरहाको लहानमा जनमत विद्यार्थी संघदुवारा पर्दशन

प्रकाशित मिति:

महेश सिंह सिरहा ९ असार – नेकपाको सरकारले वैवाहिक अंगीकृत नागरिकता बिधेयक खारेजीको माग गर्दै जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले सिरहाको लहानमा बिरोध पर्दशन गरेका छ्न ।  डाक्टर सिके राउत नेतृत्वका जनमत पार्टीका भातृ संगठन जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी ल्याएको विधेकप्रति विरोध जनाएका छन् । जनमत विद्यार्थी संघका जिल्ला अध्यक्ष अरबिन्द सहनी का अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्याल्यको प्राङ्नबाट निकालिएको बिरोध रयाली नगर परिक्रमा गरी रमेश चौकमा आई कोनसभामा परिनत गरेका थिए ।

बिरोध रयालिमा पार्टीका युवा नेता बालेश्वर यादव , बिष्णु गुप्ता , जनमत विद्यार्थी संघका केन्द्रिय अध्यक्ष पोषण यादव, संघका केन्द्रिय सदस्य नबरतन साह, महिला विद्यार्थी नेतृ बिनिता कुमारी महतो लगायत सयौं विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभेद कारी नागरिकता प्राबधान खारेज गर ( खारेज गर , मधेस एकता जिन्दावाद ,महिला हिंसा बन्द गर , मधेसी माथीको बिभेद अनत गर , केपि ओलिको सरकार मुर्दा बाद, महिला लाई हेपन पाईदैन , सबै लाई सम्मान ब्यवहार गर लगायतका नारा जयमान गर्दै बिरोध गरेका छन् ।

शनिवार बसेको नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय मधेशी जनभावना विपरीत रहेको भन्दै विद्यार्थी नेताहरुले कडा रुपमा विरोध गरेका हुन । संघका केन्द्रिय अध्यक्ष पोषण यादवले भने सरकारले मधेशी समुदायप्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फर्ता लिनुपर्ने माग गरेका हुन ।

राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताउनुभएको छ ।सरकारको उक्त निर्णयले नेपाल भारतबीच परापूर्वकालदेखि चल्दै आएको रोटीबेटीको सम्बन्ध बिथोल्ने र मधेशमा अविश्वासको वातावरण सृजना गर्न लागेको एक विद्यार्थी नेताले पत्रकार महेश सिंह लाई जानकारी दिनु भयो ।