तीन स्वास्थ्यकर्मीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति:

काठमाडौं, असार १२ स् दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत तीन कर्मचारीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ७५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

संक्रमितहरु घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, लमहीका ३ र प्रतिष्ठानका कर्मचारी ३ जना रहेका छन्।

योसँगै दाङमा कोरोना संक्रमितको संख्या ४ सय ५५ पुगेको छ।

@kathmandupress

थप समाचार