नवलपरासी परासी १३ असार । मुलुक लकडाउनको अवस्थामा रहेका बेला कुनै पनि बहानामा शुल्क नउठाउन पश्चिम नवलपरासीका संयुक्त विद्यार्थी संगठनले विद्यालयहरुको ध्यानाकर्षण गराएका छन् । जिल्लाका क्रियाशिल विद्यार्थी संगठनहरुको आज भूमहीमा बसेको संयुक्त बैठकले विभिन्न बहानामा शुल्क उठाउने कार्य नगर्न विद्यालयहरुलाई आग्रह गरेका हुन् ।

बैठकमा नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष राजन भण्डारि , अनेरास्ववियूका जिल्ला अध्यक्ष शुसान्त शर्मा घिमिरे, क्रान्तिकारीका प्रज्वल, जनता समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य व्यासमुनि यादव लगायतको सहभागी रहेको थियो ।









