कोरोनाको उत्पत्तिबारे बुझ्न डब्ल्यूएचओको टोली आगामी साता चीन जाँदै

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको एक टोली चीन जाने भएको छ । डब्ल्यूएचओले आगामी सोमबार यो टोली चीन जाने बताएको छ । यो टोलीले कोरोना भाइरस कहाँबाट आएको थियो भन्ने कुरा पत्ता लगाउनेछ । डब्ल्यूएचओले अहिले कोरोना भाइरसको राजनीतिकरण र समग्र विश्व विभाजित भइरहेको समयमा महामारीको अझै खराब अवस्था आउन सक्ने डर रहेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओले मेको शुरुवातदेखि नै चीनलाई आफ्ना विशेषज्ञहरु बोलाएर कोरोना भाइरसको स्रोत पत्ता लगाउन आग्रह गरेको थियो । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानम गेब्रेयेसुसले एक भर्चुअल प्रेस कन्फ्रेन्समा भाइरसको बारेमा सबै कुरा आफूहरुलाई थाहा भएको भए निकै राम्रो तरिकाले यो महामारी नियन्त्रण गर्न सकिने बताएका छन् ।अझै पत्ता लगाउन बाँकी रहेको कुरामा यो भाइरस कहाँबाट आयो भन्ने विषय पनि रहेको उनको भनाइ छ । अहिले चीन पठाउन लागिएको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा जानकारी हासिल गर्ने डब्ल्यूएचओका प्रमुखको विश्वास छ । यद्यपि यो टोलीमा को को सामेल हुनेछन् भन्ने विषयमा भने केही जानकारी दिइएको छैन । बीबीसी रेडियो एन आए एन वाट साभार