रुपन्देहीको देवदह, खैरेनीमा रहेको श्री कृष्ण दांत तथा आंखा उपचार केन्द्रले देवदह नगरभित्रका विभिन्न क्वारेन्टाईनमा रहेका ७६जनालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

ट्राभल डेन्टिस्ट्री नेपाल ÷सि नामक सामाजिक संस्थाको प्राविधिक सहयोगमा सम्पन्न सामाग्री हस्तानतरण कार्यक्रममा बोल्दै डा कृष्ण गैरेले कोरोना महामारीका बेला क्वारेन्टाईन भित्र रहंदा ख्याल गर्नुपर्ने स्वास्थ्य सम्बन्धि विषय र ईम्युनिट बढाउे सन्दर्भमा जानकारी दिएका थिए । क्वारेन्टाईनमा मास्क , बिस्कुट, साबुन, दंतमन्जन, महिला ले प्रयोग गर्ने होम मेड स्यानिटरी प्याड लगायतका सामाग्री प्रदान गरिएको थियो । बुट्वल फिजियोथेरापी एन्ड रिहाब सेन्टर र नेपाल हेल्थ कर्प्स को समन्वय मा भएको कार्यक्रम मा नेपाल हेल्थ कर्प्स का एम्बेस्डर आविस्कार पराजुली ले मानसिक स्वास्थ्य को बारेमा सन्देश दिएका थिए ।









