महेन्द्रनगर/डोटीमा पहिरोले पुरिएर ६ महिने शिशुको ज्यान गएको छ ।अविरल वर्षासँगै आएको पहिरोमा परी आइतबार जिल्लाको पूर्वीचौकी गाउँपालिका–४, सानागाउँ स्थित नुवाकोट टोलका भक्त नेपालीका ६ महिने छोरा छत्र पहिरोमा परेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।
उनका अनुसार शिशुकी आमा देवा नेपाली गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल, डोटी पुयाइएको छ ।पहिरो आउँदा घरभित्र भक्त, श्रीमती देवा, दुई छोरा र एक छोरी गरी ५ जना थिए । चार जना भागेर बाँच्न सके पनि शिशु पहिरोमा पुरिएका थिए ।प्रमुख जिल्ला अधिकारी भट्टराईले पहिरोले घर पुरै भत्काएको जानकारी दिए ।खबरहब









