नेपाली भाषा र साहित्यलाईअन्तर्राष्ट्रिय स्तरमा स्थापीत गर्न महासचिवमा मेरो उम्मेदवारी : स्पन्दन बिनोद

प्रकाशित मिति:

काठमाण्डौं, २८ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय महासचिवमा साहित्यकार स्पन्दन बिनोदले उम्मेदवारी दिएका छन् । समाजको यही (१७ देखि १९) जुलाईमा हुने केन्द्रीय अधिबेशनका लागि युरोपेली मुलुक पोर्चुगलबाट स्पन्दनले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगलका अध्यक्ष समेत रहेका स्पन्दनले (२०२०–२०२२) कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिएका हुन् ।

समाजको नेतृत्व तहमा रहेर नेपाली भाषा, कला र साहित्यलाई अन्र्तराष्ट्रिय स्तरमा प्रचार, प्रचार र प्रर्बद्धन गर्ने योजनाका साथ आफूले महासचिव पदमा उम्मेदवारी दिएको स्पन्दनले बताएका छन् । समाजको बृहत्तर हित र संस्थागत सुदृढिकरणका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताए ।आगामी नयां नेतृत्वले नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा धेरै काम गर्नुपर्ने खांचो रहेको बताउंंदै स्पन्दनले आफू ठोस योजना र कार्यक्रम लिएर चुनावी मैदानमा होमिएको स्पष्ट पारे ।नेपाली भाषा र साहित्यलाई अन्र्तराष्ट्रिय स्तरमा स्थापीत गर्ने र साहित्यीक क्षेत्रमा तन, मन, वचन र कर्मले निस्वार्थ समर्पित हुने अठोटका साथ मैले महासचिव पदमा उम्मेदवारी दिएको हो– स्पन्दनले भने ।’ नयाँ तरुण, जोस, जाँगर र दृढ संकल्पका साथ समाजको आमूल परिवर्तनको प्रतिज्ञा गर्दे महासचिव पदमा उम्मेदवारी दिएको उनले बताए ।

स्वदेश तथा बिदेश जहां रहंदा पनि साहित्यीक क्षेत्रमा साधनारत रहेको उल्लेख गर्दै स्पन्दनले आफू नेपाली छन्द साहित्यको अभियन्ताका रुपमा समेत निरन्तर क्रियाशील रहेको बताएका छन् । स्पन्दनले साहित्यकारहरुको प्रोत्साहन र अग्रजहरुको सम्मानका लागि बिभिन्न कार्यक्रम गर्ने, साहित्यीक सम्मेलनको आयोजना गर्ने, साहित्यीक गोष्ठी, अन्र्तक्रिया लगायतका रचनात्मक कार्यक्रमहरु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।डायस्पोरामा नेपाली भाषा साहित्यमा आमूल परिवर्तनको संवाहक बन्ने योजनाका साथ चुनावी मैदानमा होमिएको छु ।, साहित्यीक संस्थामा देखा परेका बिकृती, बिसंगती र गलत प्रवृत्तीको अन्त्यका लागि मेरो उम्मेदवारी हो’–उनले भने ।, ‘संस्थामा राजनितीको अन्त्य र समाजलाई बिशुद्ध साहित्यीक संस्थाको रुपमा बिकास गर्ने मेरो उद्धेश्य हो ।”उम्मेदवारी दिए संगै स्पन्दनले बिश्वभर छरिएर रहेका साहित्यनुरागीहरुको जीबन बिमाको ब्यबस्था र निःशुल्क उपचारका लागि पहल गर्ने योजना समेत अघि सारेका छन् । अनेसास केन्द्र र च्याप्टरको सम्बन्ध सुमधुर बनाउने संकल्पका साथ आफूले महासचिव पदमा उम्मेदावरी दिएको उनले बताए ।

दधिकोट, भक्तपुरका स्पन्दन बिगत लामो समयदेखि युरोप बस्दै आएका छन् । बि.सं २०५२ सालमा गोरखापत्रमा कविता छापिएपछि औपचारिक रुपमा आफ्नो साहित्यीक लेखन यात्रा शुरु भएको बताउने स्पन्दन लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशील छन् ।अनेसास पोर्चुगलमा आवद्ध भई सचिव, महासचिव हुँदै हाल अध्यक्षका रुपमा समेत नेतृत्व सम्हालीरहेका स्पन्दनले सांगठनीक नेतृत्वको अनुभव समेत बटुलीसकेका छन् ।आफूले बिगतमा नेपाली भाषा साहित्यमा पू¥याएको योगदानको मूल्यांकन गर्न र अनेसासलाई नेपाली भाषा साहित्यको प्राज्ञिक थलोको रुपमा बिकास गर्ने आफ्नो योजनालाई साथ दिन बिश्वभर छरिएर रहेका साहित्यनुरागीहरुलाई स्पन्दनले बिशेष आग्रह समेत गरेका छन् । स्पन्दनका गजल संग्रह ‘अविरल स्पन्दन’ र ‘भिजाएर गयौं’ प्रकाशीत छन् ।