प्राबिधिकले योजनाका काम पहिले रोके पछि बिबाद भयो हातपात गरेको छैन : वडा अध्यक्ष पौडेल

प्रकाशित मिति:

शितगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्षले प्राबिधिकलाई दुरब्यवहार गरेको भन्ने हल्ला झुटो भएको शितगंगा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कमल पौडेलले बताउनु भएको छ ।
लकडाउनको समयमा पछाडि परेका केही योजना असारको महिनामा सुरु भएकोले एकै पटक करिव १० योजना सञ्चालन भइरहेकोमा वडामाखट्ने भनि आएका प्राबिधिक भुपेन्द्र कुमार बरइले काममा ढिला सुस्ती गरिदिने काम भएका स्थानमा १० अगाडी काम रोक्दिदा योजना अलपत्र पर्ने थाले पछि काम गर्न पटक पटक अनुरोध गदा समेत ध्यान नदिने तथा योजनानै अलपत्र गरे पछि गर्न भन्दै पटक पटक अनुरोध गर्दा नमाने पछि आर्कोसित भएको सत्य भएको तर कुटपिटनै भयो भन्दै मिडियामै आउनुमा सत्यता नभएको वडा अध्यक्ष पौडेलले बताउनु भयो ।

लकडाउनको समय बन्दा रहेका योजना सञ्चालन भए पनि असार २१ गतेनै काम रोकिदिँदा उपभोत्ता समितिहरु आफु प्रति आर्कोषित भएकोले प्राबिधिकलाई मुल्याङकन गर्न पटक पटक अनुरोध गरेको वडा अध्यक्ष पौडेलले बताउनु भयो । नगरपालिकाका धेरै योजना असार मसान्तको राति १० बजे सम्म सञ्चालन भएका योजनामा मुल्याङकन गर्ने प्राबिधिकहरुले आफ्नो वडाकाम योजनाहरु १० दिन अगाडीनै रोक्न खोज्नुले पनि आर्कोषित हुन परेको वडा अध्यक्ष पौडेलले बताउनु भयो उनै प्राबिधिकको कारण वडामा १ लाख भन्दा बढी बजेट खेर गएकोले प्राबिधिकहरुले आफ्नो जिम्माबारी वहन गर्नु पर्नेमा काममा अप्ठेरो पार्ने काम गर्नु नहुनेमा जोड दिनु भयो ।
प्राबिधिक बरइ वडामा हाजिर भएर काम गर्नु पर्नेमा वडामै नजाने नगरपालिकामै बस्ने र जादाँ समेत काम भएका स्थानमा बिभिन्न बाहानामा दुख दिने गरेको उपभोता समितिका बासुदेब पौडेलले बताउनु भयो ।

गर्ने बेलामा प्राबिधिक बरइले करार कर्मचारीले गरेको स्टुमेटमा मुल्याङकन गर्दैन भन्दै आलटाल गर्ने र मुल्यांकन गर्दा समेत समितिलाई बिभिन्न कागज गराउने गरेको वडा अध्यक्ष पौडेल बताउनु भयो । प्राबिधिक बरइले आटारी दमार फेरा सिचाईको मुल्यांङकन गर्दा कमिकजोरी भए समितिनै जिम्मेबारी हुने भन्दै कागज गराएर मात्र मुयाङकन गरेका छन । प्राबिधिकले कामको आधारमा मुल्याङकन गर्नु पर्नेमा कागज गराइ मुल्याङकन गराएको वडा अध्यक्ष पौडेलले बताउनु भयो ।
वडा अध्यक्ष पौडेलले प्राबिधिक बरइले मिडियामै बोल्दै सम्पन्न नभएका योजना को पुर्ण मुल्याङकन गर्न भनेको भन्ने कुरा समेत झुठो भएको वडा अध्यक्ष पौडेलले बताउनु भयो । असार २१ गते सम्मा आधा काम सम्पन्न भएका १० वटा योजना लाई मुल्याङकन गर्न अनुरोध गरेको र २८ गते सम्म नगरपालिकाले गर्न परिपत्र गरेकोले पनि काम रोकेर अबरोध र्सिजना नर्गन मात्र अनुरोध गरेको पौडेलले बताउनु भयो ।बिभिन्न उपभोत समितिले अन्तिम चरणमा पुराएकाका काम समेत अलपत्र पार्न खोजेको र असार २८ गते सम्म काम गरे पछि कामको आधारमा मुल्याङकन गर्न भनेको तर नमाने पछि उपभोत समिति समेत घाटामा गए पछि आफुलार्य समेत दवाव परेकोले वडा अध्यक्ष पौडेलले बताउनु भयो ।