विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय

प्रकाशित मिति:

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई स्वदेश ल्याउन आज ९शनिबार० ११ वटा अन्तर्राष्ट्रिय उडान तथा अवतरण तय भएका छन्।

नेपाली स्वदेश ल्याउनका लागि विभिन्न एयरलाइन्सका ११ वटा चार्टर्ड उडान तय भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। नेपाल एयरलाइन्सका ५, हिमालय एयरलाइन्सका ३, एयर अरेबियाको १, कतार एयरवेजको १ र टर्किस एयरलाइन्सको १ उडान हुने छ।

नेपाल एयरलाइन्सले रियाद, बहराइन, दोहाबाट नेपाली ल्याउने छ भने दोहा र दुबईका लागि प्रस्थान गर्ने छ। यस्तै हिमालय एयरलाइन्सले दोहा, बहराइनबाट नेपाली ल्याउने छ भने अबुधाबी प्रस्थान गर्ने छ।

अन्य तीन विमानको नेपाली ल्याएर फर्कने तालिका रहेको छ।

@radionrn