तिहार भित्रिएसंगै बजारमा चहलपहल बढ्दै

प्रकाशित मिति:

नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार भित्रिए साथै बजारमा चहलपहल बढ्न थालेको छ । तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय यता तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृतिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यावसायीहरुको तर्क रहेको छ । यसवर्ष पनि तिहार पर्व केही ढिलो पर्नुले गाउँघरमा केही फुलेका फूलहरु सुक्न थालेपछि कृतिम माला किन्नेहरुको चाप बढेको बुटवलका ब्यवसायीहरुले बताएका छन । अहिले बजारमा ३५ रुपैयाँ देखि २ सय सम्मका कृतिम फूलका मालाहरु बिक्रीका लागि राखेको ब्यवसायीको भनाई छ । तिहारको पाँचौ दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । फूलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु बिने गर्दछन् । देख्दा पनि झपक्क देखिने र टीका लगाई सकेपछि फूलका मालाको अनिवार्यता हुनाले पनि कृतिम माला भएपनि अनिवार्य रुपमा किनेर लगाउने गर्दछन् ।तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाईसमेत आधुनिकताले च्यापिदिएको छ । अहिले दियोको सट्टाले विजुली बत्तिले झिलिमिलि बनाउने थालिएको छ । पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ ।