इटहरी २१ कात्तिक । लक्ष्मी पूजाको दिन बुधबार दिउँसो इटहरी उपमहानगरपालिकास्थित एक व्यापारिक भवनमा भीषण आगलागी भएको छ ।
इटहरीस्थित धरानलाइनमा रहेको एक व्यापारिक भवनमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन, सुरक्षाकर्मी र स्थानीयबासी आगो नियन्त्रणमा जुटिरहेका छन् ।
बुधबर दिउँसो सवा १ बजेदेखि लागेको आगो इटहरी, इनरुवा र सुन्दरहरैंचाका दमकलले निभाउने प्रयास गरिहेका छन् । स्थानीयबसी प्रहरीले आगलागी भएको घरबाट सामान निकालिरहेका छन् ।












