राष्टिय गौरवको आयोजना अन्र्तगत पश्चिम नवलपरासीको सुनवल १३ वडेरामा निर्माणाधिन बिद्युत सबस्टेशन निमार्ण परियोजना अलपत्र परेको छ । स्थानीयले दिर्घकालिन व्यवस्थापनका लागि सो निर्माणधिन आयोजना अन्यत्र सार्न माग गरेपछि निर्माणाधिन काम वन्द भई आयोजना अलपत्र परेको हो । एसियाली विकास वैकको करिव डेढ अर्वको लगानीमा नेपाल विद्युत प्रधिकरणले २२० केभिए को सवस्टेशन विस्तार गर्न लागेको छ । सो कार्यकालागि यस अघावै प्राधिकरणले २०७१ सालमानै करिव २५ विगाह जग्गा अधिग्रहण गरेको थियो ।
आयोजना निर्माण गर्दा यस क्षेत्रका आसपासमा घरजग्गाको नक्सा पास नहुने, वैकिंग क्षेत्रले आर्थिक लागनी नगर्ने र वस्ती समेत खतारामा पर्ने हुंदा यो सवस्टेशनलाई अन्यत्र सार्न स्थानीय जनताले माग राखेका छन ।
यस गाउँ बिद्युत शबस्टेशन स्थापना हुदा घनाबस्ती भएकाले सो गाउँनै खतरा पर्ने , बिद्यूतीय हाईटेन्सनका कारण घर बैकमा राखी बैकिङ्ग कारोबार गर्न गाह्रो हुने हुदा सो सबस्टेशन अन्यत्र स्थानान्तरण गर्नुपर्ने स्थानियको माग छ ।
विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न कालीगण्डकी प्रसारण कोरिडोर आयोजना अन्तर्गत सुनवलमा बिद्युत सबस्टेशन निमार्ण थालिएको हो । यस सबस्टेशनमा २२० केभिए को प्रसारण गृह स्थापना गर्ने आयोजनाको लक्ष्य रहेको आयोजनाका प्रमुख चन्दन घोेसले जानकारी दिनुभयो ।कालीगण्डकी प्रसारण लाइन अन्तर्गत कुस्मा–न्यु बुटवल, न्यु बुटवल–बर्दघाट खण्ड पनि निर्माण हुनेछ । कुस्मा–न्यु बुटवल खण्डअन्तर्गत पर्वतको कुस्मादेखि बागलङु, स्याङ्जा, पाल्पा, रुपन्देही हुँदै पश्चिम नवलपरासीको बडेरासम्म ८८ किलोमिटर लामो प्रसारण लाइन निर्माण हुनेछ । न्यु बुटवलदेखि पश्चिम नवलपरासीको बर्दघाटसम्म २० किलोमिटर लामो अर्को खण्ड निर्माण गरिनेछ । बुटवलमा २२० र १३२ र ३३ केभीको सबस्टेसन निर्माण हुनेछ ।












