नेपाली कथानक चलचित्र ‘चिनो’का लागि भारतीय लोकप्रिय गायिका आशा भोस्लेले २८ वर्षअघि गाएको ‘दियो बाली साँझको’ बोलको गीत नेपाली गायिका जमुना शर्माले पुन स्वरबद्ध गरेकी छन् ।
२०४७ सालमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘चिनो’मा समावेश गरिएको तुलसी घिमिरेको शब्द रचना र रञ्जित गजमेरको संगीत रहेको उक्त गीत भारतको मुम्बइमा बस्दै आएकी नेपाली गायिका शर्माले संगीतकार गजमेरको अनुमतिमा पुनस् रेकर्ड गराएकी हुन् ।













