गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको सहकार्य

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका: काग्रेंसउमेन(Congresswoman) ग्रेस मेङ्गको प्रायोजक र क्वीन्स चेम्बर अफ कमर्सको पार्टनरमा साना उध्धमीहरु लाई निशुल्क PPE वितरण कार्यक्रम सेप्टेम्बर २,२०२० बेलुका भव्यता क साथ सम्पन्न भएको छ। यस निशुल्क PPE वितरण कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सहकार्य गर्दै प्रमुख अतिथि कांग्रेसउमेन ग्रेस मेङ्ग लाई साथ दिदै २० वटा भन्दा बढी साना व्यवसायीहरुको पसल मै उपस्थित भएर ग्रेस मेङ्गले आफै PPE ब्यागहरु हस्तान्तरण गर्नु भयो।

उक्त PPE हस्तान्तरण कार्यमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष शुवर्ण लामा र केन्द्रीय सदस्य सूर्य सीमखडा खटिएका थिए भने क्रियाशील सदस्य पंकज सुब्बा र महिला सदस्य रेखा श्रेष्ठ खटिनु भएको थियो। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कांग्रेसउमेन ग्रेस मेङ्ग, क्वीन्स चेम्बर अफ कमर्स कि ज्याकलिन डोनाडो र वर्मा पईन्टका कार्यकारी निर्देशक मो चेन लाई हार्द्विक आभार प्रकट गर्द छ।