टिभी रियालिटी शो जस्तै अमेरिकी राष्ट्रपतीय निर्वाचन

प्रकाशित मिति:

न्यूयोर्क, भदौ २२ : अमेरिकी राष्ट्रपतीय निर्वाचनको चुनावी अभियानले रियालिटी शो अमेरिकन गट ट्यालेन्टको झल्को दिन्छ। रियालिटी शोमाझै उम्मेदवारहरुले मतदातालाई मनोरञ्जन दिलाउन कुनै कसुर राख्दैनन्। भावुक बनाउन अनेकन हर्कत गर्छन् र निकै प्रतिस्पर्धात्मक रुपमा प्रस्तुत हुन्छन्। उम्मेदवारका हर्कतले चुनावी अभियान राजनीतिक अभियान जस्तै लाग्दैन। उम्मेदवारका त्यस्ता हर्कत मूलधार मानिने अमेरिकी मिडियामा धारावाहिक रुपमा आउँछन्। अमेरिकी मिडिया चुनावी अभियानका विज्ञापनले भरिभराउ छन्।

चुनावी अभियानले मिडियालाई समाचारको विषयवस्तु मात्रै दिएको छैन, आम्दानी पनि दिएको छ। अमेरिकी मिडियाका समाचार डोनाल्ड ट्रम्प र जो बाइडनमध्ये कसले देशको नेतृत्व गर्ने ल्याकत राख्छ, कसको क्षमता के छ भन्नेमा केन्द्रित छन्। ट्रम्प भन्छन्“देशको नेतृत्व गर्न अनुभव भन्दा पनि क्षमता चाहिन्छ। बाइडन बौद्धिक रुपमा कमजोर छन् अमेरिका चलाउन बाइडनले सक्दैनन्।” ट्रम्पबाट कडा चुनौतीको सामाना गरिरहेका बाइडन चुनावी अभियानमा केन्द्रित छन्। जसरी अमेरिकन गट ट्यालेन्टमा राज्यस्तरको अडिसनबाट राष्ट्रियस्तरमा प्रतियोगी आइपुग्छ, बाइडन हाल त्यस्तै अवस्थामा छन्। ट्रम्प गल्फो होलमा फोकस हुँदा बाइडन भने चुनावी अभियानमा केन्द्रित छन्। चुनावी अभियानको तयारी पनि रियालिटी शोको भन्दा कम हुँदैन। उनीहरुको भाषण तय भइसकेको छ। आवरणको निर्धारण पनि टिमले नै गर्छ। नागरिकबाट तालिमको गडगडाहट पाउन कहाँ उत्तेजित हुने कहाँ संयमित हुने र कहाँ भावुक हुने पहिले नै तय भएको हुन्छ। यो वर्ष भने यस्ता चटक अलि कम हुनेछन्। माहामारीका कारण चुनावी अभियानका क्रममा हुने यस्ता नाटक मञ्चन कमै प्रदर्शन हुनेछन्।

बाइडनसँग यस्तै अभियानमा आमनेसामने हुन ट्रम्प प्रतिक्षारत छन् तर ताली पिट्ने समर्थकहरुको अभावमा यसपालीको अभियान केही खल्लो हुनेछ। दर्शकलाई उत्तेजित बनाउन माहिर रिपब्लिकनका लागि यो पटकको चुनावी अभियान निश्चय पनि खल्लो हुनेछ। चुनावी अभियान प्रत्यक्ष होस् वा भर्चुअल, रोमाञ्चकारी होस् वा पट्यार लाग्दो१ यी अधवैँशेको अहंकारबीचको भिडन्त भने निकै चाखलाग्दो हुनेछ। तर, अमेरिकी जनताका लागि यो पटकको निर्वाचन निकै पीडादायी क्षण हो। किनकि यस पटकको निर्वाचन दुई वुर्जुग भिड्दैछन् जोसँग अमेरिकालाई हाँक्न कुनै नयाँ योजना छैन, कुनै सपना छैन। राष्ट्रपतीय निर्वाचनमा भिड्न लागेका प्रतिस्पर्धीमध्ये एक व्यक्ति भाषणका दौरान पूरा कुरा भन्न सक्दैनन्। अर्का प्रतिस्पर्धीलाई आफ्ना एजेण्डा सम्झनै सकस पर्छ। ट्रम्प भाषणको पूरा अंश पढ्दैनन्। भिडको उत्तेजनामा बहकिन्छन्। यता विस्मृति ९डिमनेसियाका० बिरामी बाइडन वाक्यैपिच्छे भकभकाउँछन्। खैर, स्पष्ट दर्शनको कमी रिपब्लिकन र डेमोक्रेट दुवैमा भएपनि एकअर्काप्रतिको विषवमन भने गतिलै गरी गर्छन्। त्यसलै आफू र देशलाई मजबुद बनाउनुको साटो एक(अर्का र देशलाई नै विभाजित गर्ने प्रतिस्पर्धामा दुवै उम्मेदवार छन्। बाइडेन मानसिक हिसाबले सही नभएको र जनताका आस्था विरोधी रहेको ट्रम्पले आरोप लगाउँछन् भने बाइडेन ट्रम्पलाई विभेदकारी र मूर्खको आरोप लगाउँछन्।

ट्रम्प निकै आक्रामक छन् भने बाइडन अलि शान्त छन्। ट्रम्पले अहंकारी आक्रामक र असहिष्णु प्रवृति देखाउँदा बाइडेनले भने समझदार, दयालु र सहिष्णु स्वभाव प्रस्तुत गरेका छन्। अहिलेका लागि समझदार बाइडेनको सन्देश राम्रो मानिए पनि अमेरिकाले असहिष्णु ट्रम्पलाई पुनस् अनुमोदन गर्न सक्ने सम्भावना अझै पनि टरेको छैन। खैर चुनाव जो सुकैले जितोस्। यो पटकको चुनावी परिणामले अमेरिकामा कुनै उत्साह भर्ने छैन। बरु सवाल उठ्नेछ- अब्बल लेखक, चिकित्सक, वैज्ञानिक उत्पादन गरेको अमेरिका उत्प्रेरक नेता उत्पादन गर्न अब असफल भएकै होरु अमेरिकामा अहिले संस्थापन पक्षले खेपिरहेको आरोप हो- राजनीतिक प्रणालीलाई पैसाको आडमा ध्वस्त पार्न खोजियो। केही हदसम्म यो तर्कमा सत्यता पनि छ। अमेरिकाको राजनीतिक प्रणालीलाई परिवर्तन गराउने अर्को महत्वपूर्ण पाटोलाई पनि नजर अन्दाज गर्न भने मिल्दैन त्यो हो पपुलिजम। यसकै कारण ट्रम्प राष्ट्रपति बन्न सफल भए। अहिलेको कार्यकाल पनि यसकै आडमा आफ्नो पक्षमा पर्ने रिपब्लिकनको अपेक्षा छ। त्यसैले आफ्नो विपक्षमा नतिजा आएको अवस्थामा अमेरिकी चुनावी प्रक्रियामाथि नै रिपब्लिकनले प्रशस्तै प्रश्न उठाउनुका साथै नतिजालाई नै ठाडो अस्वीकार गर्न सक्छ। यदि यो परिस्थिति देखा पर्‍यो भने रोमाञ्चक अमेरिकी चुनाव खतरनाक हुन जानेछ। दुई बुर्जुगको भिडन्तमा बाइडेनले बाजी मारुन वा ट्रम्पले अमेरिकी जनतामाझ उत्साह छाउने छैन। किनकि उनीहरुमा र सम्पन्नता, स्वतन्त्रता र खुशीको अमेरिकी स्वप्नलाई नयाँ उचाइमा पुर्या उने कुनै लक्ष्य छैन। त्यसैले यसपटकको चुनावी मतपरिणामपछि अमेरिकी मतदाता रियालिटी शोमाझैँ आफ्ना सपना साकार हुन नसकेपछि आँशु चुहाउन विवश प्रतिस्पर्धी जस्तै हुनेछन् । अल्जाजिराबाट अनुवादित।@kathamandupress

थप समाचार