रन्जीत शर्मा– नवलपरासीर २४ भाद्र। बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड(१९ नेपालमा पनि समुदाय स्तरमा फैलिएको लाई मध्यनजर गर्दै सो रोगबाट निम्तीन सक्ने जोखिम र नियन्त्रणका लागी सरकारले आवाहन गरेको पहिलो र दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका कारण सबै भन्दा बढी समस्यामा नाइँ पेसा बन्दै गएको छ । त्यस पेसामा सङ्लन व्यक्तिको दैनिक छाकका लागी समेत समस्यामा परी रहेको छ ।
त्यसै समस्यालाई मध्य नजर गर्दै आज हेल्पिङ्ग हैन्ड्स परासीको सहयोग तथा नाई संघ परासीको सहकार्यमा कोरोनाको महामारीको लकडाउन अवस्थामा नाई पेशा संकटमा परेको बेला आर्थिक रुपले विपन्न रामग्राम नगरपालिका वडा नम्बर ५ बस्ने पोषण प्रसाद नाउँ ९भोला नाउँ लाई छाक टार्न पनि समस्या भएको र यहि अवस्थामा नीजका आमाको देहान्त समेत भएकोले क्रियाक्रम गर्न समेत थप समस्या परेको हुना ले नाईसंघका बिरेन्द्र ठाकुरको पहलमा हेल्पिङ्ग हैण्ड परासीका सहयोगी सन्तोष लम्सालद्वारा पठाइएको सहयोग उपलब्ध गराईएको जानकारी सो संस्थाका संजय कुमार शर्माले जानकारी दिनु भयो ।यो संस्थाले कोरोना महामारीबाट सुरक्षित हुन चेतनामूलक व्यानर राख्ने र स्थानीय संस्थाहरुसंग पनि सहकार्य सहित काम गर्दै आएको छ ।









