एजेन्सी । इन्डियन प्रिमियर लिग/आईपीएल टी–ट्वान्टी क्रिकेट आज शनिबार बाट सुरु हुँदैछ । १३ औं संस्करण आईपीएल आजबाट यूएईमा सुरु हुन लागेको हो । यूएईको अबुधाबीमा हुने सिजनको पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । शेख जायद स्टेडियममा प्रतियोगिताको पहिलो खेल खेल्दा मुम्बई सिजनको सुखद सुरुआत गर्ने योजनामा हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बईले यो सिजन पनि लिगको उपाधि जित्ने योजना बनाएको छ ।
यता महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई आजको खेलमा जित निकाल्दै गत सिजन फाइलनमा हार व्यहोर्यको बदला लिने योजनामा छ। मुम्बई र चेन्नइबीचको पछिल्लो पाँच खेलको नतिजा हेर्दा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनल खेलमा पनि मुम्बईले चेनईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको थियो ।










