कोरोना संक्रमित सैनिक जवानको मृत्यु

प्रकाशित मिति:

काठमाडौं/ कोरोना संक्रमणबाट बझाङको छबिसपाथिभेरा – १ घर भएका सैनिक जवान विकास रावलको मृत्यु भएको छ ।रावलमा कोरोना भाइरस संक्रमण देखिएपछि असोज ६ गते छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा शुक्रबार साँझ अस्पतालमै मृत्यु भएको मृतकका आफन्त दिनेश रावलले बताए ।उनमा उच्च ज्वोरो आउने, वान्ता हुने, बेहोस हुने र काप्ने जस्ता लक्षण देखिएको छ । ६ असोजमा एक्कासी बेहोस भएपछि मृतक रावललाई छाउनीस्थित वीरेन्द्र अस्पतालमा आइसीयूमा भर्ना गरिएको थियो ।आइसीयूमा पनि उपचार नहुन सकेपछि भेन्टिलेटरमा राखिएको शुक्रबार राति १० बजे उनको मृत्यु भएको जनाइएको छ ।उनमा कोरोना देखिए पनि डाक्टरहरूले भने छारे झाँको रोगले मृत्यु भएको बताएको आफन्त दिनेश रावलले बताए ।खबरहब