अब सी ग्रेड ल्याउने पनि ग्रेडबृद्दी परीक्षा दिन पाउने, दुईवटा बिषयको परीक्षा हुने
कात्तिक २६ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडबृद्दी परीक्षाको मापदण्ड संसोधन गरेको छ । नयाँ मापदण्ड अनुसार अब सी ग्रेड ल्याउने बिद्यार्थीले पनि ग्रेडबृद्दी परीक्षामा सामेल हुन पाउने छन् । त्यस्तै यहि असोज २० गते प्रकाशित नतिजामा कुनै बिषयमा सी, डी प्लस, डी वा इ ग्रेड ल्याउनेले बिद्यार्थी पनि कुनै दुई बिषयको ग्रेडबृद्दी परीक्षामा सामेल हुन पाउने छन् ।
परीक्षा दिन चाहाने परीक्षार्थीले यहि मङ्सिर १६ गते भित्रमा सम्बन्धित कार्यालयमा नियम अनुसारको शुल्क सहित आवेदन फारम बुझाउनु पर्ने छ । परीक्षा मिति र परीक्षा केन्द्र पछी तोकिने छ ।













