एकलौटी पारामा गाउपालिका चलाइरहेका अध्यक्ष गुप्ता माथी आरोप

प्रकाशित मिति:

नवलपरासीर-पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता ९दिपक० ले आफ्नो मनोमानी ढंगले एकलौटी पारामा गाउपालिका चलाइरहेका आरोप लगाएका छन ।आज गाउपालिकामा उपाध्यक्ष पाबित्री कोहार र ४ वडा अध्यक्ष एवम् ३ कार्यपालिका सदस्य सहितको टोलिले ग्यापन पत्र हस्तान्तरण गर्दै यस्तो आरोप लगाएका छन।विगत २ महिना देखी कार्यपालिका बैठक समेत न बसेको तथा गाउपालिकाका असल एवम् कर्मठी कर्मचारीलाई अनुचित दबाब र प्रभावमा राखी आफू अनुकूल परिचालन गर्ने र नमान्दा भौतिक आक्रमण समेत गर्ने भएको हुदा सम्पुर्ण कर्मचारी आफ्नो क्षमता अनुसार काम नसकेका तथा यस लागी राम्रो वातावरण सिर्जना गर्नु तर्फ जोड दिइएका छन् ।

 

हालसम्म बजेट तथा निति कार्यक्रम पुस्तिका समेत प्रशासन न गरेको बाट अध्यक्ष गुप्ताले आफ्नो व्यक्तिगत स्वार्थ पुर्तीका लागी सभाबाट पारित बजेट व्यापक हेरफेर गरेको हुन सक्ने शंका भएको ज्ञापनपत्र उल्लेख गरिएको छ ।लेखा अधिकृत शंकर पुरीले आफ्नो नाम जोखिम भत्ता पाउने लिस्टमा आफ्नो नाम नरहेकोले निकास न गरेको समाचार प्रती खेद प्रकट समेत गरेका छन् । लेखा अधिकृत सङ कुनै प्रतिक्रिया न लिइ समाचार प्रकाशन गरेका थिए कुरा उल्लेख गरिएको छ ।पाल्हिनन्दन गाउपालिकाका लेखा अधिकृत शंकर पुरीका अनुसार मिति २०७७र०३र२४ गते जोखिम भत्ता दिने निर्णय गाउँपालिकाको कार्यपालिका बैठक भईसकेको भए ता पनि लेखा शाखामा साउन १२ गते पत्र आएको थियो भने २०७७ को बजेट तथा निति कार्यक्रममा नभएकोले तथा खर्चको लागि श्रोत एकिन न भएकोले गाउपालिका जोखिम भत्ता खुवाउन ढिलाइ भएको बताएका छन ।

 

 

उनले भनेको छन , गाउपालिका अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत तथा कार्यापालिका बैठकद्वारा पारित गरि भत्ता खुवाउन सकिने बताएका छन।सँधै स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने पक्षमा रहेको तथा यसको छिटै निकास खोजी भत्ता वितरण गर्ने कुरामा समेत जोड दिइएका थिए ।अनैतिक ,अबैधानिक तथा भष्टाचारी रुपले गाउपालिका चलाइरहेका कुरा आगामी दिनमा हुन सक्ने भएकोले हामी कदापि छोड्ने छैनौं तथा यसबाट सतर्क रहन अध्यक्ष चेतावनी समेत दिइएका छन ।