कात्तिक २६, २०७५ जनकपुरधाम– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रोकिएसँगै भारत सरकारका गृहमन्त्री राजनाथ सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने भएका छन् ।
जनकपुरमा मनाइने रामजानकी महोत्सवमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागकेका हुन् । रामजानकी महोत्सव भारतमा पनि भव्यताका साथ मनाइन्छ । सोही कार्यक्रममा सहभागी हुन विवाह पञ्चमीमा सहभागी हुन सिंह र योगी नेपाल आउन लागेको बताइएको छ ।
भारतको आन्तरिक राजनीतिमा देखिएको संवेदनशिलता र नोभेम्बरमा हुन लागेको पाँच राज्यको चुनावका कारण प्रधानमन्त्री मोदीको नेपाल भ्रमण स्थगित भएको हो । मोदी पाँचौ पटक नेपाल आउन लागेका थिए तर उक्त कार्यक्रम नजिकिँदो निर्वाचनसँगै विवादहरू पनि देखिन थालेकाले आउन नसकेका हुन् ।
उनको सट्टामा भारतबाट सिंह र योगी नेपाल आउन लागेका हुन् । मोदी चुनाव प्रचारमा व्यस्त भएकाले नेपाल भ्रमण रद्द गरिएको बताइएको छ ।












