नेपाल तरूण दल स्याङ्जाको नियमित बैठक

प्रकाशित मिति:

स्याङ्जा : नेपाल तरूण दल स्याङ्जाको नियमित बैठक नेपाली काँग्रेसको पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकको विशेष उपस्थितिमा रहनुभएका संबिधान सभा सदस्य युवा नेता राजु थापाले काँग्रेसले आगामी महासमिति बैठकपछि थप गति लिने बताउँदै काँग्रेसको संगठन निर्माणमा तरूणहरूको अतुलनीय योगदान रहेको बताउनुभयो। तरूणहरूको शसक्त सांगठनिक गतिविधिबाट अतालिएर सरकारले निर्दोष तरूण नेताहरूको हत्या गर्ने, हमला गर्ने र झुटा मुद्दाहरू लगाएर फँसाउन खोजिरहेको समेत बताउनुभयो । बैठकमा प्रधानमन्त्री कृषि आधुनिकिकरण(सुन्तला सुपरजोन)संचालक समितिको दोस्रो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष,तरूण दल स्याङ्जा-१, का क्षेत्रीय उपाध्यक्ष, तरूण नेता बोधराज अर्याल, सचिवमा निर्वाचित तरूण नेता मुक्ति अधिकारी र सहसचिवमा निर्वाचित तरूण दल स्याङ्जाका सदस्य ताराप्रसाद अर्याललाई बधाईका साथ सम्मान गरिएको थियो । बैठकले चापाकोट नगरपालिका वडा नं -२, का तरूण नेता बलबहादुर मल्ल, पुतलीबजार नगरपािलका वडा नं -१४, का तरूण नेता सुन्दर कुमार के.सी. र भीरकोट नगरपालिका वडा नं -६, का तरूण नेता असोक बहादुर खत्रीलाई जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ। बैठकमा नेपाली काँग्रेसका क्षेत्रीय सभापति ईश्वर खाँण, महिला नेतृ हिरादेवी शर्मा लगायतले बोल्नुभएको थियो। तरूण दल स्याङ्जाका अध्यक्ष माननीय भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न बैठकको संचालन सचिव चन्द्र रानाले गर्नुभएको थियो।