काठमाडौं । मंगलबार मात्र पदीय दूरुपयोग गरी मर्यादा नाघेको भन्दै पद मुक्त गराइएका सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमन्त्री दीर्घराज सोडारी पार्टीलाई अन्तत पार्टीबाटै निस्कासित गराइएकाछन् । नेकपाको मंगलबार बसेको प्रदेश कमिटी बैठकले सोडारीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासित गरेको हो ।
नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सोडारी पार्टीको मर्म बिपरित चलेको र साधनस्रोतको दुरूपयोग गरकाले कारवाही गरिएको जानकारी दिए ।
सोडारीको कार्यशैली सन्तोषजनक नभएको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको नेकपाले जनाएको छ ।












