बुटवल – बुटवल उपमहानगरपालिका वडा नम्बर ६ निवासी सुमन गुरुङको उपचारमा टेवा पुग्ने हेतुले बुटवलका युवाहरुले आर्थिक अभियानलाई तिब्रता दिएका हुन ।
केही बर्ष अघिदेखी मृगौला फेल भई नियमित डाइलाइसिस गरेका गुरुङलाई चरण बद्द सहयोग गर्ने अभियान जारी भएको तरुण दल बुटवल उपमहानगरपालिकाका सभापति सुजन पुनले सबलपोस्टलाई बताए ।
सुजन गुरुङकै पहलमा बुटवल निवासी सागर गुरुङ र सागरका साथीभाईले पहिलो चरणमा रु ५०,००० आर्थिक सहयोग गरेका छन । त्यस्तै नगर खस्यौली स्नुकर क्लबले रु १०,००० सहयोग गरि जम्माजम्मी रु ६०,००० आज मृगौला पिडित सागर गुरुङलाइ एक कार्यक्रमको आयोजना गरि आर्थिक सहयोग गरेका हुन ।
३२ बर्षिय सुमन गुरुङ बिगत २ बर्ष देखि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा नियमित डाइलाइसिस गराइरहेका छन ।









