स्वान परियोजना सल्लाहकार समितिको अनुगमन

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, मंसीर,  सिसहनिया ,देउखुरी दाङ- महिला तथा पिछडिएको बर्गको आर्थिक तथा सास्कृतिक अधिकार प्रवद्धन कार्यक्रम अन्तरगत राप्तीको वडा नं ६ र ७ मा अनुगमन गरिएको छ । समाज रुपान्तरण अभियानमा सक्रिय स्वान संस्था लमहिको राप्ती गाउँपालिका परियोजना सल्लाहकार समितिले आठ परिवारले गरेको आय आर्जनमुखी कार्यको लगनशिलता, ब्यवस्थापन, आम्दानीको अवस्था र सहयोगको पुर्ण सदुपयोगताको बारेमा स्थलगत अनुगमन गरेको हो ।

आई यम स्वीस डेभलपमेन्टको सहयोगमा सञ्चालीत महिला तथा पिछडिएको बर्गको आर्थिक तथा सास्कृतिक अधिकार प्रवद्धन कार्यक्रम मार्फत लाभग्राहि परिवारले सञ्चालनमा ल्याएको तरकारी खेति, पशु पालन तथा खुद्रा पसल फ्रेस हाउसको अवलोकन गरिएको हो ।स्वान लमहि संस्थाको राप्ती गाउँपालिका परियोजना सल्लाहकार समिति संयोजक उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा भएको अनुगमनमा कार्यालय तथा सस्थाको तर्फवाट संयुक्त टोलिले सहयोग प्राप्त परिवारलाई सल्लाह सुझाव समेत प्रदान गरेको थियो ।अनुगमनको क्रममा भानपुर, छोट्की सिसहनियाँ, बगरापुर, सगरापुर, मझेरियाका लक्षित परिवारको आयआर्जनमा सहयोग पुराउने उदेश्यले ब्यवसाय तथा कृषि पशु कर्मका लागि स्वान लमहि संस्थाले नगद लगानी समेत गरेको पाईएको छ ।

अनुगमन टोलीमा वडा नं ६ र ७ का वडाअध्यक्ष बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, कृषि अधिकृत महेश अधिकारी, अधिकृत विकास ज्ञवाली, पशु शाखा प्रमुख शेर बहादुर हमाल, महिला बालबालिका प्रमुख जिवन कुमारी जिसी, सुवास भटराई तिर्थराज ज्ञवाली, स्वान संस्थाका उपाध्यक्ष गंगा चौधरी, कोषाध्यक्ष धनीराम चौधरी, रेमन्त चौधरी कार्यक्रम संयोजक विष्णु भुसाल, प्रशासन तथा विक्तिय अधिकृत बविता चौधरी, जेटिए सीता चौधरी, सामाजिक परिचालक अन्जु चौधरी लगायतको सहभागीता रहेको थियो ।