वडा प्रहरी कार्यालय बुटवलले बुटवल सरहरलाई नो ड्रग जोन अर्थात लागु औषध निशेध,सून्य प्रयोग हुने स्थान बनाउने गरी नयाँ रणनीतिक योजना अगाडी बढाएको छ । बुटवलमा लागू औषधको नयाँ कारोवारी हुने सूचनाको आधारमा प्रहरीले उक्त योजना अगाडी बढाएको हो । भारतीय सिमा नाका वेलहिया बाट त्यहाँ वडा प्रहरी कार्यलय अञ्चलपुर लगायत विच विचमा प्रहरी कार्यालय र विट परिचालन भएको कारण वेलहिया बाट अहिले केही कम मात्रामा बुटवल लगायतका स्थानमा लागू औषधको कारोवार हुने गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख प्रहरी निरिक्षक हेम के.सी.ले बताउनुभयो ।
वडा प्रहरी कार्यालय बुटवल गगतग असोज २४ गते देखि हाल सम्म गरेका कार्यहरुको बारेमा जानकारी दिन आयोजना गरिएको सञ्चारकर्मी भेटघाट कार्यक्रममा उनले ३४ वटा विभिन्न घटनामा सफलता प्राप्त गरेको बताएका छन् । यो समयमा उनले खासगरी टिप्पर विल, विना हाल सम्म चल्दै आएकोमो कारवाहीको सुरुवात गरेका थिए ।












