परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- पुष १, मसुरीया(देउखुरी दाङ) लुम्विनी प्रेदेशको राप्ती गाउँपालिका वडा नं ६ का २५ महिलाहरुलाई परम्परागत सीप हस्तान्तरणका लागि ढकीयाँ बुनाई तालिम सुरु भएको छ ।

आदिबासी जनजाती थारु महिलाहरुलाई लोपहुदै गएको सुपली, नुईयाँ, ढकीयाँ, डेलवाँ, भौकाको सीप हस्तान्तरण गर्दै परम्परागत सामाग्रीको संरषण्का लागि ढकीयाँ बुनाई तालिम सुरु भएको वडा नं ६ का वडा अध्यक्ष बेद प्रसाद चौधरीले जानकारी दिनुभएको छ । राप्ती गाउँपालिका वडा नं ६ को यस आर्थिक वर्षमा सीप मुलक तालिम अन्तरगत सगरापुर, बगरापुर, भगवानपुर, मझेरीयाँ र पत्थरगढवा गाउँका करिव ५० जना महिलाहरुलाई सीप प्रदान गर्ने योजना अनुसार प्रथम चरणमा २५ जनालाई तालिम सुरु गरिएको हो ।

बुधवार राप्त्ी गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले तालिमको उद्घाटन गर्नु भएको हो । सो कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, कार्यपालिका सदस्य तारा कुमारी चौधरी, पत्रकार सुदर्शन रिजाल, वडा सचिव मंगल प्रसाद चौधरीले तालिमका सहभागीलाई सीपमुलक शुभकामना प्रदान गर्दै हौसला बढाउनु भएको थियो । ढकीयाँ बुनाई तालिम आगामी २० गतेसम्म चल्ने छ ।