जन्मदिनको अवसरमा आश्रममा सहयोग !

प्रकाशित मिति:

बुटवल – गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नम्बर ०५ बस्तुमा जन्मेर आफ्नो शैक्षिक एबम व्यावसायिक जिवनलाई उज्ज्वल बनाउन बुटवल छिरेका हिमाल पोख्रेलले जन्मदिनको अवसरमा मानव सेवा आश्रममा आश्रय लिइरहेका दिनदुखीहरुको केहिदिनको छाक टर्ने हेतुले खाद्यान्न सहयोग गरेका हुन ।

पछिल्लो समय युवाहरु विभिन्न पार्टी , भोजभतेर लगायतका खर्चिला अवसरमा सरिक भैरहेको बेला हिमाल भने सानतिनो जागिर गर्दै र पढ्दै गरेतापनी यो बर्षको रु ७००० बचाएर चामल , नुन , आटा , चियापत्ती लगायतका खाद्यान्न सामग्री आश्रममा सहयोग गरेका हुन ।

सवलपोस्ट संगको कुराकानीमा पोख्रेलले भने -“कमाएर रमाउनु भन्दा , मानव सेवा गर्नुनै सबैभन्दा ठूलो धर्म कमाउनु ठाने अनि सहयोग गरे ”  त्यसोत उनी सामाजिक कार्यमा निकै अग्रसर रहदै आएका थिए । विद्यार्थी राजनीति संगै अध्ययन , पैचोमा जागिर गर्ने उनी आउँदा दिनमा झन बढी सहयोगगरि दिनदुखिलाई केही हदसम्म मलमपट्टी लगाउने काम निरन्तर गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।