आज पनि देशका केही भागमा आंशिक बदली

प्रकाशित मिति:

हाल देशभरको मौसममा उत्तर पश्चिमी वायुको प्रभाव कायम रहेको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराइ भू भागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागेको छ । आज विहान ६ बजे काठमाडौंको बायुको तापक्रम ३ डिग्री सेल्सियस रहेको  थियो  । आज न्युनतम तापक्रम २ डिग्री सेल्सियससम्म पुग्नेछ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस हुनेछ । बायुको गति ६ किलोमिटर प्रति घण्टा छ भने भिजिबिलिटी ५ किलोमिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू भागहरुको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भू भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ । त्यसैगरी आज राती प्रदेश नं १, गण्डकी प्रदेश रलुम्बिनी प्रदेशको मौसममा आंशिक बदली रहने छ । देशका बाँकी भू भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।