रुपन्देहीमा लनटेनिस क्याम्प जारी

प्रकाशित मिति:

रुपन्देहीमा सोमबारदेखि ५ दिने लनटेनिस क्याम्प सुरु भएको छ । जयकार मेमोरियलको आयोजना तथा जुनियर टेनिस ईनिसेटिभ ९जेटिआई नेपाल० र रुपन्देही जिल्ला लन टेनिस संघको संयुक्त सहकार्यमा रुपन्देहीमा क्याम्प संचालन गरिएको हो । एक कार्यक्रमकाबीच नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणाले उद्घाटन गर्दै काठमाडौं केन्द्रित लनटेनिस पछिल्लो समय राष्ट्रव्यापी हुनु सुखद विषय भएको बताइन् । लनटेनिसको विकास गर्न बालबालिकालाई तालिमका साथै उमेर समुहका प्रतियोगिताहरु समेत गर्दै आएको उनले बताइन । जेटिआई नेपालका लागि संयोजक कृष्णराज घलेले जेटिआई अन्तर्राष्ट्रिय खेलमा जाने एउटा महत्वपूर्ण खुड्किलो भएको भन्दै उनले विभिन्न अन्तर्राष्ट्रिय खेलमा भाग लिने अवसर समेत मिल्ने बताए । पुस ६ गतेदेखि १० गतेसम्म देवस्नगरस्थित लनटेनिस कोर्टमा जेटिआई नेपालका लागि संयोजक कृष्णराज घले र सह–संयोजक जितेन्द्र परियारले प्रशिक्षण दिनेछन् ।

लनटेनिस संघका जिल्ला अध्यक्ष संजय प्रकाश श्रेष्ठले जुनियर खेलाडीहरुलाई प्रोत्साहन दिने उद्देश्यका साथ संस्थाहरु एकतावद्घ भएर लागेको बताए । जयकार मेरोरियलका अध्यक्ष मनोज राणा, नेपाल ओलम्पिक कमिटिका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, जिल्ला सचिव गोपाल ज्ञवालीले नेपालमा ग्रास रुट लेभलबाट खेलाडी विकास गर्नुपर्ने भएप नि यसतर्फ सरोकारवाला संस्थाहरुको चासो कम देखिएको बताए । बुटवलमा हाल २५ जना बालबालिका लनटेनिस खेल्दै आएका छन ।