बुटवल । रूपन्देहीका लेखक तथा साहित्यकारहरूले प्रतिनिधि सभा विघटन गरिएकोप्रति खेद प्रकट गरेका छन् । जिल्लाका एक सय एकजना लेखक–साहित्यकारहरुले संयुक्त अपील जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन संविधानको मर्म, व्यवस्था र जन–आकाङ्क्षा विपरीत रहेको ठहर गरेका हुन् ।
प्रतिनिधि सभाबाट समाधानका अनेक बन्दोबस्त हुँदाहुँदै राजनीतिक संकटका बहानामा बहुमतको सरकारले प्रतिनिधि सभा विघटन गर्नु जनताको संघर्ष,बलिदान र उपलब्धिमाथिको कुठाराघात भन्दै गम्भीर खेद प्रकट गरेको छ । राजनीतिक समस्याको संवैधानिक निरूपण गरिनुपर्नेमा दलभित्रको विवादलाई लिएर प्रतिनिधि सभा नै विघटन गर्नु अनुचित कदम भएको लेखक तथा साहित्यकारहरुको ठहर छ । प्रतिनिधि सभा विघटनको विरोध गर्नेहरु साहित्कारहरुमा प्राज्ञ बुंद राना,विजय सागर,प्राध्यापक ऋषिराम भुसाल,दिल साहनी ऋषि आजाद, रामचन्द्र श्रेष्ठ,गिरी श्रीस मगर, दीपक विश्वकर्मा, कृष्ण गाउंले लगायत रहेका छन् ।