लाफा समुहको आयोजनामा माघ २३ गतेदेखि तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने

प्रकाशित मिति:

रुपन्देहीको बुटवलमा रहेको लाफा समुह को आयोजनामा आगामी माघ २३ गतेदखि तेस्रो लाफा खुला तथा भेट्रान्स पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । समुहको स्थापना दिवसका अवसरमा आयोजना हुने प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, कास्की, दाड., सल्यान लगायतका जिल्लाबाट सहभागीता रहने अयोजकले शनिवार पत्रकार सम्म्मेलन गरी जानकारी दिएको हो । यस वर्ष १ सय ५० बढी टिम सहभागि हुने समुहका संरक्षक वासुदेव लामिछानेले बताए । खुलातर्र्फ ९० तथा भेट्रान्स तर्फ ५० बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने लामिछानेले बताए । भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रन्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको संस्थाका अध्यक्ष तारा सिंह रेस्मीले बताए प्रतियोगिता सम्पन्न गर्नका लागि १६ लाख ४० हजार रुपैयां खर्च अनुमान गरिएको उनले बताए ।समुहका उपाध्यक्ष पुरन सारुको स्वागतमा सम्पन्न भएको सम्मेलनमा प्रतियोगिताका संयोजक ज्ञानु सारुले धन्यवाद ज्ञापन गरेका थिए ।