बुटवल – तिलोत्तमा नगरपालिका वडा नं १५ मा ५ बर्षको नाबालीका बलात्कृत भएकि छन । वडा नं १३ र १५को सिमाना बबनि चोक कोटिहवा थारु गाउँमा माघ १ गते उक्त घटना घटेको थियो । कपिलवस्तु वाणगङ्गा नगरपालिका वडा नं १२ बस्ने ओम बहादुर विकले बा लिकालाई ललिपको प्रलोभनमा पारि झाडितिर लगि नजिकैको बासको झाडिमा लगि बलात्कृत गरेको खुलासा भएको छ ।
बालिकालाई ललाई फकाई गरी बासको झाडिमा लगि बलात्कृत गरि बेहोस अबस्थामा झाडिमा फालेका थिए । साझ ५ बजेको थियो आमा सुन्तलि मल्लाहा छोरीलाई नदेखे पछि खोज्ने क्रममा एक जना बच्चाले एउटा अंकलले उता लैजानु भाको छ भने पछि सबैजनाले खोज्ने क्रममा नाबालीकालाई बेहोस अबस्थामा बासको झाडिमा भेटिएको बाबा नेजर मल्लाहले भने ।
नाबालीकाकाठमाडौं टिचिङ् अस्पतालमा उपचारर्थ छन । बच्चाको दाया तर्फको गालामा ठुलो चोट लागेको छ। बाया तर्फको आखामा पनि चोट लागेको छ गालाको सल्यक्रिया गरिएको बाबा नेजर मल्लाहले भने। नेपाल कै नं १ तिलोत्तमा नगरपालिका भनेर चिनिया ता पनि नगरमा ५ बर्षको बालिका बलात्कृत हुदा नगरका कुनै जनप्रतिनिधिलाई चासो नगालेको स्थानिय सुकुमाया विक बताउ छिन।
विकले भन्छिन महिलाको हक अधिकारको सुनिस्चित गर्छौ भनेर भोट मागेर चुनाव जितेका जनप्रतिनिधि खै आज कहा छन? बच्चा बलात्कृत भएको ४ दिन सम्म पनि कुनै चासो नदिने जनप्रतिनिधिहरु चुनावको भोट माग्न कुन मुख लिएर आउलान ? घटना बारे तिलोत्तमाका महिला अधिकर्मिले साथ दिए पछि उनिहरुलाई थप हौसला बढेको छ उनि भन्छिन ।
बलात्कार गर्ने विकलाई जिल्ला प्रहरी कार्यलय भैरहवामा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय,रुपन्देहीका प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।









