सर्वसम्मत नेतृत्वका लागी अपिल

प्रकाशित मिति:

 शरद रेग्मी  तुलसीपुर, ७ माघ । तुलसीपुर उद्योग वाणिज्यसंघले आसन्न अधिवेशनमा सर्वसम्मत नेतृत्वकालागी सवैमा सहयोगको अपिल गरेको छ । संघका अध्यक्ष विरु रावतले बुधवार एक अपिल जारीगर्दै यो महान अभिायनमा सहयोग गर्न र सहमतीकालागी जुट्न आम व्यवसायीलाइ आह्वान गरेका छन् ।

‘हामी तुलसीपुर उद्योग वाणिज्यसंघको आसन्न अधिवेशन र साधारणसभाको अन्तिम तयारीमा जुटिरहेका छौं । अधिवेशन र साधारणसभा स्वाभाविक र निरन्तर प्रक्रिया हुन् । तैपनि विश्वव्याधिका रुपमा रहेको कोरोना भाइरसको संक्रमणका कारण सवैभन्दा थिचोमिचोमा सर्वसाधारण नागरीकहरु परे,अनि हामीहरु पनि यसको चपेटोमा पयौं । जसका कारण तुलसीपुर उद्योग वाणिज्यसंघका हाल आसन्न पदाधिकारीहरुको कार्यकाल सकिंदा पनि निर्वाचनको दौडाहामा जुट्न सकेनौं, त्यो हाम्रो बाध्यता हो’, जारी अपिलमा भनिएको छ । विश्वव्याधि रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन समेत विश्वसमुदायमा आइरहेको तथा लकडाउनको अवस्था पनि सहज बन्दै गएपछि हामी पनि अहिले बजारमा गतिशिल बन्न आतुर देखिएको उल्लेख गर्दै अपिलमा बजारलाइ चलायमान बनाएपछि मात्र नागरीकका दैलोमा चुल्हो बल्न सक्छ भन्ने विश्वास पनि व्यक्त गरीएको छ । यससंगै म पनि तुलसीपुर उद्योग वाणिज्यसंघको अध्यक्षका नाताले आम व्यवसायीहरुलाइ हार्दिक अपिल गर्न चाहन्छु, भन्दै अध्यक्ष रावतले विज्ञप्तीमा यो अभियानमा क्रियाशिल हुन अत्यन्तै आवस्यक भएको पनि बताएका छन् ।

‘यहि विश्वव्याधी महामारीले हामी व्यवसायीहरु थलिएका छौं । तर अव हामीले व्यापारलाइ चलायमान बनाउनु छ, आर्थिक बृद्धिदरलाइ पनि बढाउनु छ । निर्यातमुखि अर्थतन्त्रको पनि केहि हिस्सा हामीले पनि ओगट्नुपर्ने अवस्था छ । यो विषम परीस्थीतिमा व्यवसायीक एकता पहिलो आवस्यकता हो । हामी व्यवसायीहरु फट्दा र भिन्न भिन्न खेमामाजादा विगतमा हामीले पाउने भन्दा धेरै गुमाएको अवस्था थियो भन्ने सन्देश आम व्यवसायीहरुलाइ जानकारी गराउन चाहन्छौं, अपिलमा भनिएको छ । अहिलेको अवस्था भनेको व्यवसायीक एकताको हो । सामुहिक समृद्धिको हो । नयां नेतृत्व चयनकालागी पनि मैले हार्दिकतापुर्वक आम व्यवसायीहरुको एकताकालागी हार्दिक आह्वान गर्दछु भन्दै विज्ञप्तीमा ुनावका नाममा व्यवसायीहरुबीचको संबन्धमा तिक्तता ल्याुन उपयुक्त होइन भन्ने आफुहरुको चाहना भएको पनि उल्लेख गरिएको छ ।

त्यसैगरी जारी अपिलमा आफुहरुले कोरोना भाइरसको थप जोखिमलाइ पनि सामना गर्नुपर्ने अवस्था रहेको उल्लेखगर्दै यसमा पनि आम व्यवसायीहरुलाइ ध्यानाकर्षण गराउंदै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने अभियानमा साथ दिन र सहकार्य गर्न पनि हार्दिक आह्वानपनि गरीएको छ ।