३० कात्तिक, काठमाडौ । गुटगत राजनीतिका कारण पार्टीभित्रको असन्तुष्टि सार्वजनिक हुनेक्रम बढेपछि नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पर्सी पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने गरी बैठक बोलाइएको प्रवक्ता विश्व प्रकाश शर्माले बताए । उनका अनुसार बैठकमा नेविसंघको विवादका विषयमा पनि छलफल हुनेछ ।
पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रूपमा चल्न खोजेको भन्दै असन्तुष्ट नेता चियापान र भेटघाटका नाममा तारन्तार छुट्टै छलफल गर्न लागेपछि देउवालाई केन्द्रीय समिति बैठक बोलाउन दवाव परेको थियो ।












