प्रतिनिधि सभा विघटनका विरुद्धमा काङ्ग्रेसका शुभेच्छुक पेशकर्मीहरुको बिरोध

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
माघ २४
नवलपरासी । पश्चिम नवलपरासीमा प्रतिनिधिसभा विघटन विरुद्धमा आज नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा साङ्केतिक विरोध प्रदर्शन गरिएको छ ।

हातमा कालोपाट्टी र कालो मास्क लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका छन । कार्यक्रममा प्रतिनिधि सभा विघटनको विरोध स्वरुप प्ले कार्ड, कालोपट्टी र कालो मास्क लगाइएका पेशागत कर्मीहरुले नेपालि काङ्ग्रेस नवलपरासीको पार्टी कार्यलय बिपि भवनमा बाट जिल्ला प्रशासन अगाडिसम्म पुगेर बुद्ध चोक सम्म मानवसाङ्लो बनाई सान्केतिक बिरोध प्रदर्शन गरिएको छ ।

‘प्रतिनिधिसभाको पुुर्नबहाली गर, संवैधानिक सर्वाेच्चता कायम गर, सामाजिक भत्ता लागू, आमनागरिकलाई निःशुुल्क खोप यथाशीघ्र वितरण, सबै श्रमिकको स्थानीय तहमा पञ्जिकरण र न्यूूनतम पारिश्रमिक निर्धारण गर’ जस्ता माग लेखिएका प्ले कार्डहरु लिइ बिरोध प्रदर्शन गरिएको थियो ।
विरोध प्रदर्शन नेपाल ट्रेड युुनियन काँग्रेस नवलपरासीको आयोजनामा नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन, नेपाल सांस्कृतिक सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घ नेपाल, प्रजातन्त्रवादी चिकित्सक सङ्घ र नेपाल प्रेस युनियनलगायतका सङ्घ संस्थाको अगुुवाइमा भएको हो । विरोध कार्यक्रममा करिब ५ सय जना काङ्ग्रेस शुभेच्छुकहरुको उपस्तिथिती रहेको टेड्र युनियन काङ्ग्रेस नवलपरासीका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिनु भयो । कार्यक्रम नेपाल ट्रेड युुनियनका जिल्ला अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।