तिर्थराज ज्ञवाली, माघ २६, मसुरीया९देउखुरी दाङ, राप्ती गाउँपालिका क्षेत्रमा लैङ्गिक हिंसा अन्त्यका लागि सम्पुर्ण सरोकारवालाहरुले क्रियाकलाप सञ्चालन गरिरहेको राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्वा कुमारी चौधरीले बताउनु भएको छ । दुर्गा भवानी आधारभुत विद्यालयमा आयोजना गरिएको महिला लैङ्गिक हिंसा अन्त्यका लागि सडक नाटक हेरे पश्चात संयोजक जगदम्वा कुमारी चौधरीले हरेक बालबालिका तथा उनका परिवारमा हिंसाको असर तथा हिंसकलाई कानुनी उपचार बारे जानकारी गराउनु आवस्यक रहेको बताउनु भएको हो ।
अस्ट्रेलियन एड, कारितास अस्ट्रेलिया तथा कारितास नेपालको आर्थिक सहयोगमा मिलाप कृषि सहकारी संस्था र नमुना शान्ति युवा क्लवको आयोजनामा लैङ्गिक हिंसा न्युनिकरण सम्वन्धि सडक नाटकको आयोजना गरिएको हो । दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिका उपाध्यक्ष तथा न्ययिक समिति संयोजक जगदम्वा कुमारी चौधरीको प्रमुख आथित्यता साथै कारितास नेपालका क्षेत्रिय प्रमुख जनक शर्मा तथा कार्यक्रम संयोजक ऋषि शर्माको विशेष आथित्यतामा लैङ्गिक हिंसा न्युनिकरण सम्वन्धि सडक नाटकको आयोजना गरिएको हो ।
बिद्यालय परिवार, शिक्षक विद्यार्थी, अभिभावक समेतको सहधमगितामा एकल महिला, गरिव महिला तथा पीडित पहिलालाई परिवार तथा समाजले गरेको दुर्बेब्यवहार र पीडकले पाउने सजायका बारेमा सडक नाटकको माध्यम बाट जनचेतना फैलाईएको थियो । कार्यक्रममा दुर्गा भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक शुर्य प्रकाश भण्डारी, राप्ती गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख जिवन जिसी, मिलाप सहकारी संस्थाका दल बहादुर घर्ति तथा अनु चौधरीले हिंसा न्युनिकरण गर्न अपनाउने तरिका तथा ब्यवहारका बारेमा जानकारी गराउनु भएको थियो ।












