२९ माघ,सैनामैना- तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको बिहिबार कपिलबस्तु जिल्ला फुटवल संघ र फर्साटिकर युवा क्लब बिच भएको दोश्रो क्वाटर फाईनल खेलमा फर्साटिकर युवा क्लब बिजयी भई सेमिफाईनलमा प्रबेश गरेको छ। आज भएको खेलमा फर्साटिकर युवा क्लबले ३-१ गोल अन्तरमा कपिबस्तु जिल्ला फुटबल क्लबलाई पराजित गरि सेमीफाइनलमा प्रबेश गरेको हो।
यस्तै आज भएको प्रतिस्पर्धामा फर्साटिकर युवा क्लबका रुपक लामा म्यान अफ द म्याच घोषित भई नगद २ हजार सहित अवार्ड प्राप्त गरेका छन। सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग क्लब,देवापारको ब्यबस्थापनमा संचालन भैरहेको प्रतियोगिता फागुन ४ गते सम्म संचालन हुनेछ भने विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन।
खेल स्थानिय बिधालय सरस्वती माध्यमिक विधालयको खेल मैदानमा गत माघ २४ गते देखि संचालन भैरहेको छ। बिहिबार भएको नकआउट फुटबल प्रतियोगिता १ हजार ५० जनाले अबलोकन गरेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिनु भएको छ।


			







 				