देउवा पक्षीय मानीने ३ विद्यार्थी नेताको विज्ञप्ती ,नैनसीह महरको नेतृत्व क्षमतामाथी प्रश्न
मंसिर १, काठमाडौं । भातृ संस्था नेपाल विद्यार्थी संघको विवाद देउवा पक्षीय विद्यार्थीहरु नै असन्तुष्ट देखिएका छन् । देउवा पक्षीय मानिने ३ विद्यार्थी नेताहरुले शनिबार (आज) एक विज्ञप्ती जारी गरी अध्यक्ष नैनसिंह महरको नेतृत्व क्षमता माथि नै औला ठडाएकाछन् ।
नेविसंघका उपाध्यक्ष द्वय सञ्जय थापा र विकास केसी तथा महामन्त्री सरोज कुमार थापाद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तीमा नेपाल विद्यार्थी संघलार्इ चलायमान बनाउन, बैचारिक राजनीतिक एवं शैक्षिक मुद्दामा पुन उर्जावान बनाउनको लागि यो नेतृत्व असक्षम रहेको दाबी गरेका हुन् ।
उनीहरुले अराजकता अनुशासनहीनता तथा आर्थिक अनियमिततामा फसेको नेविसंघलार्इ स्वच्छ र निष्पक्ष बनाउनको लागि नयाँ सिराबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।
उनीहरुले विवादित रहेका ११ जिल्लाका अधिवेशन ३ महिनाभित्र गरिसक्नको लागि पार्टीले दिएको निर्देशन पूरा गर्न नसकेको ११ औ महाधिवेशनबाट पूर्ति हुन नसकेका पदहरु पूर्ति गर्न नसकेको लगायतका आरोप समेत लगाएका छन् ।












