बिश्वशान्ती युवा क्लव,सालझण्डी पनि सेमीफाइनलमा प्रबेश

प्रकाशित मिति:

माघ,सैनामैना- तेश्रो सैनामैना मेयर कप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार बिश्वशान्ती युवा क्लव,सालझण्डी र भैरव एफ।सी। नवलपरासी बिच भएको प्रतिस्पर्धामा बिश्वशान्ती युवा क्लव बिजयी भई सेमी फाइनलमा प्रवेश गरेको छ। शुक्रवार भएको खेलमा बिश्वशान्ती युवा क्लव,सालझण्डीले भैरव एफ।सी। नवलपरासीलाई २- १ गोल अन्तरले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको हो।

गत माघ २४ गते देखि शुरु भएको नकआउट फुटवल प्रतियोगितामा विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्ने छ भने उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। सैनमौना नगरपालिकाको आयोजना तथा स्थानिय क्लव जनप्रिय स्पोर्टिंग युवा क्लव,देवापारको व्यबस्थापनमा भएको प्रतियोगितामा देश भरिका १२ फुटवल टिमहरुले सहभागिता जनाएका छन । उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैया वा माउण्टेन साइकल पुरस्कार प्राप्त गर्ने हरेक दिनको खेलमा म्यान अफ द म्याच हुने खेलाडीले नगद २ हजार रुपैया सहित अवार्ड प्राप्त गर्ने छन ।

शुक्रवार भएको खेलमा म्यान अफ द म्याच घोषित भएका बिश्वशान्ती युवा क्लवका आकाश बुढाथोकीलाई क्लवका सल्लाहकार एकदेव पौडेलले नगद २ हजार तथा अवार्ड सहित सम्मान गरेका थिए । सरस्वती माध्यमिक विधालयको खेल मैदानमा भइरहेको प्रतियोगित फागुन ५ गते सम्म संचचादन हुने छ। आयोजकका अनुसार शुक्रवारको प्रतियोगिता १ हजार ९० जना दर्शकहरुले अवलोकन गरेका थिए ।