काठमाडौँ — मध्य भदौदेखि काठमाडौंबाट कतार एयरवेजको विमानमा राति २ बजे उड्ने यात्रुहरु एकै दिन २४ घन्टा मा अमेरिका पुग्न थालेका छन् । कतारले काठमाडौंलाई संयुक्त राज्य अमेरिकासँग एकै दिनमा जोड्दै अझ नजिक बनाइदिएको छ । काठमाडौं विमानस्थल २२ घन्टासम्म सञ्चालन भएपछि यस्ले मौकाको फाइदा उठाउँदै नेपाली यात्रुहरुलाई सजिलो बनाइदिएको हो। कुनै बेला नेपालीहरु लामो ट्रान्जिटका कारण कम्तीमा दुईदेखि तीन दिनसम्ममा अमेरिका पुग्थे। ‘सेप्टेम्बर २ तारिख ९भदौ १६० देखि हामी नेपालीलाई काठमाडौंमा बिहानको खाजा खुवाएर उडाउँछौं,’ कतारका काठमाडौंस्थित सेल्स प्रमुख सारिक बोगटीले भने ती यात्रुहरुले त्यही दिनको लेट–लन्च अमेरिका पुगेर आफन्तसँग खान थालेका छन्।
उनका अनुसार, काठमाडौंबाट २ बजेतिर उड्ने कतारको विमान साढे चार घन्टापछि दोहा पुग्छ। त्यहाँ ३ घन्टाको ट्रान्जिटपछि स्थानीय समयअनुसार विहानको ८ बजे अमेरिकाका लागि कतारको नियमित उडान छ। दोहा न्यूवोर्कको स्थानीय समयभन्दा ७ घन्टा अगाडि भएकाले काठमाडौंबाट राति २ बजेको उडानमा जाने यात्रु अमेरिकाको न्यूयोर्क र आसपासका सहरमा ‘लेट–लन्च आवर मैं पुग्ने छन्। वासिङटन, न्यूवोर्क, डालस, लसएन्जल्स, बोस्टन, सिकागोलगायतका १० वटा अमेरिकी सहरमा उडान भर्ने कतारले दोहाबाट १२ देखि १५ घण्टा हाराहारी उडान सयममा पुर्याउँछ। कतारले नेपालका लागि सर्वाधिक उडान गर्छ। यस्ले दैनिक चारवटा उडान गर्दै आएको छ। यिनमा दुईटा उडान ३ सय ५ सिट क्षमताको एयरबसको वाइडबडी विमान र दुईटा उडान १ सय ३२ सिटको न्यारोबडीमार्फत गर्छ।
यस्ले मध्य भदौअघि विहान नौ बजे काठमाडौंका लागि पहिलो उडान गर्थ्यो। अहिले यो समयको उडानलाई राति २ बजे सारिएको हो। कतारबाट राति आउने उडान १ बजेर १० मिनेट काठमाडौं आइपुग्छ भने २ बजेर १० मिनेटमा यस्को फर्किने समय हो। रातिको उडानले युरोपका लागि उड्ने यात्रुलाई पनि सजिलो भएको छ। दोहाबाट युरोपका सहरहरुमा पनि १४ घन्टा हाराहारी पुग्न सकिने भएकाले यहाका लागि हुने यात्रा पनि एकै दिनमा हुने छ। कतारले जस्तै काठमाडौंबाट बिहान साढे ७ बजे इस्तानबुलका लागि फर्किने टर्किस एयरलाइन्सको उडानले पनि काठमाडौंलाई एकै दिन २४ घन्टा मै अमेरिकासँग जोडेको छ।
यी दुईबाहेक अमेरिका आउजाउ गर्नेहरुको रोजाईमा मध्यपूर्वी मुलुकका फ्लाई दुबई र इमिरेट्स पनि पर्छन्। अध्ययन तथा आफन्तजनलाई भेट्न जाने नेपालीहरुको रोजाईमा चीनको चाइना साउर्दन, कोरियन एयर र क्याथे ड्रयागन पनि पर्छन्। नेपालबाट पूर्व हुँदै अमेरिका जानेहरु यी एयरलायन्सबाट यात्रा गर्छन्। एयरलाइन्सबीचको प्रतिस्पर्धाका कारण यात्रुहरुलाई सजिलो हुँदै गएको बताउँछन् ओशो वर्ल्ड ट्राभलका प्रवन्ध निर्देशक श्यामराज थपलिया। कुनैबेला अमेरिका जाने नेपालीहरु दोहोमा ८ घन्टा लामो ट्राजिटमा बस्थे थपलियाले भने काठमाडौंबाट राति २ बजे हुने उडानले ट्रान्जिटको समय ३ घण्टामा झारिदियो भने नेपाली तथा नेपाल घुम्न आउने पर्यटकले अब एकै दिनमा अमेरिकारकाठमाडौं गर्न पाउने भए।
‘अहिले पनि कतिपय नेपालीहरु सिजनमा बाध्यात्मक अवस्थामा चीनको सांघाई पुगेर कम्तीमा दुई दिनमा अमेरिका पुग्छन् सर्वाधिक अन्तराष्ट्रिय उडानका टिकट बिक्रेतासमेत रहेका थपलियाले भने विदेशी एयरलाइन्सबिचको प्रतिस्पर्धाले टिकट सस्तो, सुविधा बढ्दो हुँदै गइरहेको देखिन्छ।












