अमेरीकामा लागेको आगोलागी वाट एउटा नगरनै खण्डहर

प्रकाशित मिति:

क्यालिफोर्निया – अमेरिकी इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न राष्ट्रपति डोनल्ड ट्रम्प क्यालिफोर्निया पुगेका छन्। क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको छ। एक हजारभन्दा बढी मानिस हराइरहेका छन् र अधिकारीहरूले त्यो सङ्ख्या बढ्न सक्ने बताएका छन्।विज्ञहरूले मौसम, जलवायु परिवर्तन लगायतलाई डढेलोको प्रमुख कारण ठहर्‍याएका छन्। प्याराडाइज नगरमा ट्रम्पले कानून कार्यान्वयन गराउने स्थानीय निकाय, राजनीतिज्ञ र खोजी कार्यमा संलग्नहरूको प्रशंसा गरे। उनले भने यो हेर्नुपर्दा निकै दुःख लागेको छ।

अहिले हामीले नराम्ररी घाइते भएका मानिसहरूको हेरचार गर्न चाहेका छौँ। डढेलोबाट प्याराडाइज नगर लगभग ध्वस्त भएको छ र अधिकारीहरूले पूर्ण रूपमा पुनर्निर्माणको आवश्यकता रहेको बताएका छन्। क्याम्प फायर शुरू भएको आठौँ दिन पुगिसक्दा सुरक्षाकर्मी र तालिम प्राप्त कुकुरहरूले फरेन्सिक टोलीलाई शव खोज्न सघाइरहेका छन्। क्याम्प फायर करिब ५० प्रतिशत नियन्त्रणमा आइसकेको छ। यद्यपि अधिकारीहरूले पूर्ण रूपमा नियन्त्रणमा आउन यो महिनाको अन्त्यसम्म लाग्न सक्ने बताएका छन्।