कांग्रेस प्रमुख सचेतक खाँणद्धारा सरकारलाई नैतिकताको प्रश्‍न

प्रकाशित मिति:

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारमाथि नैतिकताको प्रश्‍न उठाएका छन्। प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालत असंवैधानिक कदम भनिसकेपछि सरकारमाथि नैतिकताको प्रश्‍न उठेको उनले बताए। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै खाँणले भने, ‘यति ठूलो कदम चालिसकेपछि र प्रधानमन्त्रीको कदम असंवैधानिक भनिसकेपछि उहाँले नैतिक दायित्व लिनु पर्छ कि पर्दैनर ? संविधान मान्छौँ भन्ने सरकारले त्यसको नैतिक उत्तरदायित्व लिनु पर्छ कि पर्दैन ? वर्तमान सरकार सुरुदेखि नै संविधानको खिलाफमा उभिएको उनले उल्लेख गरे। ‘यो सरकार बनेदेखि निरन्तर संविधानमाथि प्रहार गरिरहेको छ, सरकार बनेकै दिनदेखि विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि निरन्तर प्रहार गरिरहेको छ,’ उनले भने, ‘सरकारले अग्रगमन गरेको छ कि प्रतिगमनरु के संविधानको स्पिरिट पालना पारिरहनुभएको छ ?’ मिडियाको मुख थुन्न मिडिया विधेयक ल्याइएको, सूचना प्रविधि विधेयक र गुठी विधेयक ल्याएर जनअधिकार, संस्कृति, परम्परामाथि निरन्तरता प्रहार गरिरहेको उनले बताए।